इरफान खान फिल्ममा फिर्ता हुँदै, सबैभन्दा पहिले यसको सुटिङ गर्ने
बलिउडका दिग्गज कलाकार मानिने इरफान खानले फिल्म निर्माता सुजित सरकारको पहिलो बायोपिक फिल्म ‘ऊधम सिंह’ मा अभिनयको अफर एक वर्ष अघि नै स्विकारेका थिए । त यसै वर्ष मार्चमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि फिल्म रोकिएको थियो । इरफान अहिले लण्डनमा उपचार गराइरहेका छन् । उनको किमोथेरापीपश्चात् स्वास्थ्यमा सुधार आइरहेको पनि बताइएको छ ।
अब उनी ऊधम सिंहको रुपमा स्क्रिनमा देखिनका लागि निकै उत्सुक छन् । मुम्बई मिररका अनुसार इरफान सबैभन्दा पहिले सुजित सरकारको फिल्म ‘ऊधम सिंह’ का लागि सुटिङ गर्नेछन् र त्यसपछि मात्र अर्को कुनै प्रोजेक्टका लागि समय तोक्नेछन् ।
‘पिकू’ को फिल्मको सफलतापछि दुबै पुनः काम गर्न उत्सुक भएको बताइन्छ ।
सुजितले भने, ‘सबैजना इरफान ठूलो पर्दामा फिर्ता भएको हेर्न चाहन्छन् । इरफान हाम्रो समयको सबैभन्दा उत्कृष्ट कलाकारमध्येका एक हुन् । इरफानले चाँडै निको हुन् भन्ने मेरो चाहना छन् । ’
फिल्मबारे उनले भने, ‘यो फिल्ममार्फत म क्रान्तिकारी ऊधम सिंहको यात्रालाई देखाउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण