बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समलैंगिकताको निर्णयमा खुसी भएका करण जोहरले भने, ‘अन्ततः ऐतिहासिक दिन, देशले आफ्नो अक्सिजन फिर्ता पायो’

शुक्रबार, २२ भदौ २०७५, ११ : ५१
शुक्रबार, २२ भदौ २०७५

भारतको सर्वोच्च अदालतले बिहिबार समलिङ्गीको पक्षमा आफ्नो निर्णय सुनाएको छ । प्रधान न्यायाधिस दिपक मिश्राको नेतृत्वमा पाँच न्यायाधिसको बेन्चले भने, ‘समलैंगिकता अपराध होइन ।’

सर्वोच्च अदालतको निर्णयलाई देशभरी स्वागत गरियो । बलिउडका सेलिब्रिटीले पनि उक्त निर्णयको तारिफ गर्दै सोसल मिडियामा आफ्नो विचार सार्वजनिक गरे । करण जोहरले लेखे, ‘अन्तत, ऐतिहासिक निर्णय । मलाई अत्यन्त गर्व महसुस भइरहेको छ । मानवता र समान अधिकारलाई महत्व दिनका लागि यो ऐतिहासिक कदम हो । देशले आफ्नो अक्सिजन फिर्ता पायो । ’

करणलगायत अन्य कलाकारले पनि यसबारे ट्वीट गरेका छन् जसमा सोनम कपुर, नेहा धुपिया, वरुण धवन, स्वरा भास्कर, प्रिती जिन्टा, कोंकना सेन शर्मा, अभिषेक बच्चन, अर्जुन कपुरलगायत छन् । हेरौं उनीहरुको ट्वीट ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप