तनुश्रीमाथि राखी सावन्तको आरोप, ‘उनी लागुऔषधका कारण ढलेकी थिइन्, मैले पूरा गरें गीत’
तनुश्री दत्ताले १० वर्ष अघि रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौनहिंसा गरेको आरोप लगाइन् । उनको यो बयानपछि हंगामा मच्चिएको छ । अब यो मामलामा राखी सावन्तको बयान सार्वजनिक भएको छ । हुन त राखीलाई ‘कन्ट्रोवर्सी क्विन’ भनिन्छ तर उनको यो बयान यसकारण महत्वपूर्ण छ किनभने ‘हर्न ओके प्लिज’ को एक गीतमा राखी सावन्तले नै तनुश्री दत्तालाई रिप्लेस गरेकी थिइन् ।
राखी सावन्तले हर्न ओके प्लिजको गीतमा आफूले तनुलाई रिप्लेस गरेको कारणबारे जानकारी दिँदै भनिन्, ‘तनुश्रीले फिल्मको गीतको सुटिङ गरेकी थिइन् तर त्यसलाई बीचमा नै छोडिन् । त्यसपछि मलाई कोरियोग्राफर गणेश आचार्यको फोन आयो । उनले मलाई गीतको सुटिङ गर्नुपर्ने भएकाले तत्काल सेटमा आउन भने । म अचम्मित भएँ, त्यसपछि नाना पाटेकरको पनि फोन आयो । उनले पनि मलाई गीतको सुटिङ गरिदिन आग्रह गरे । त्यसपछि म सेटमा पुगें ।’
उनले थपिन्, ‘सेटमा पुगेपछि मलाई थाहा भयो कि त्यो तनुश्रीको गीत रहेछ । उनले गीतको केही अंश सुट गरिसकेकी थिइन् तर पछि उनले सुटिङ रोकिन् । भ्यानिटी भ्यानमा रहेकी उनलाई सबैले बारम्बार बोलाउँदा पनि उनले ढोका खोलेकी थिइनन् । ’
‘नाना पाटेकरले मलाई सबैकुरा सम्हाल्न भने । त्यहाँ निकै ठूलो सेट भएको र सयभन्दा बढि डान्सर उपस्थित भएको भन्दै आफूले सहयोग नगरे निर्माताको पैसा डुब्ने बताए । जब मैले सबैकुरा सुनें तब तनुश्रीलाई बोलाउन गएँ, त्यतिबेला पनि ढोकै खोलिनन् । त्यसपछि मैले उनका हेयर ड्रेसर र मेकअप आर्टिस्टलाई फोन गरें तब मलाई वास्तविक कारण थाहा भयो ।’
राखीले भनिन्, ‘त्यो दिन तनु लागुऔषधका कारण भ्यानमा चार घण्टासम्म बेहोस भएकी थिइन् । उनले आज निकै ठूल्ठूलो कुरा गरिरहेकी छिन् । तर म उनको वास्तविकता सबैलाई बताउन चाहन्छु ।’
उनी थप्छिन्, ‘जब मैले तनुको गीत गरें तब उनले मलाई नोटिस पनि पठाइन् । तर फिल्मको टिमले मैले अन्तिम अवस्थामा सहयोग गरेको भन्दै मेरो बचाउ गरे ।’
राखीले आफू मर्ने बेलासम्म नाना पाटेकरको समर्थनमा हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण