विवाहको पहिलो दिन यस्ता देखिए रणबीर दिपिका, हेर्नुहोस् १५ तस्बिर
बलिउडको निकै चर्चित जोडी दीपिका पादुकोण र रणबीर सिंह आधिकारिक रुपमा एक–अर्काको भइसकेका छन् । इटालीको लेक कोमोमा दुबैले नोभेम्बर १४ तारिखमा कोंकणी परम्परा अनुसार विवाह गरे । नवविवाहित जोडीको विवाहको तस्बिर प्रशंसकहरु निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
इटालीमा भएका इन्डिया टुडेको समूहले दीपिका र रणबीरको वेडिङ भेन्युबाहिरको एक्सक्लुसिभ तस्बिर ब्रेक गरेको छ ।
साथै, सोसल मिडिया अकाउन्टमा पनि नवविवाहित जोडीको तस्बिर पनि सार्वजनिक भइरहेको छ । यसमा दीपिका–रणबीरको पहिलो झलक देख्न पाइन्छ ।
रणबीरले पारम्परिक कोंकणी विवाहका लागि सेतो सेरवानी लगाएका थिए भने दीपिका साउथ इन्डियन ब्राइडको गेटअपमा देखिइन् ।
कोंकणी विवाहमा सेतो रङको फूलले सजावट गरिएको थियो । करिब आठ हजार फूलले विवाहको स्थान सजाइएको थियो ।
विवाह दिउँसो करिब दुई बजेदेखि लगभग पाँच बजेसम्म चलेको बताइएको छ । विवाहका लागि ३० देखि ४० पाहुनालाई निम्तो दिइएको थियो । आज सिन्धि परम्परा अनुसार यी दुईको विवाह हुँदैछ ।
आजको विवाहको लागि विवाह स्थललाई रातो फूलले सजाइनेछ । यसका लागि १२ फ्लोरिस्टको समूहले काम गरिरहेको छ । फूलको सजावटको काम १६ घण्टासम्म चल्यो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण