जसलाई बुहारी बनाउन चाहन्थे अमिताभ
एजेन्सी– बलिउड महानायक अमिताभ बच्चनको जीवनका हरेक कुराहरु उनका फ्यानका लागि सधैँ चासोको विषय हुने गर्छ । त्यसैकारण कहिले परिवार, कहिले घर त कहिले फिल्मका कारण उनी सामाजिक सञ्जालमा समय समयमा चर्चामा पनि आइरहन्छन् ।
भनिन्छ अमिताभ बच्चन आफ्नो एक मात्र छोरा अभिषेकको लागि आफैँले बुहारी खोज्न चाहान्थे । यता अभिषेक भने करीश्मा कपूरसँग प्रेम सम्बन्धमा थिए । तर यी दुई बीचको प्रेम सम्बन्धले विवाहको रुप पाउन सकेन । र सम्बन्धमा पूर्णविराम लाग्यो ।

अभिषेकको उनकी प्रेमिकासँग ‘ब्र्रेकअप’ भइसकेपछि अमिताभ सुशिल र असल बुहारीको खोजीमा लागे । उनले आफूसँगै धेरै फिल्ममा सँगै काम गरेकी रानीलाई बुहारी बनाउने प्रस्ताव राखे तर उनकी श्रीमती जयाले रानीलाई स्वीकारिनन् ।
यही कारणले अमिताभ र जयाबीच केही समय मनमुटाव भएको पनि भारतीय सञ्चार माध्यमले बताएका थिए । जयाले रानीको उचाई थोरै भएकोले अभिषेकसँग जोडी नसुहाउने भएकाले रानीलाई बुहारी बनाउन इन्कार गरेको बताइन्छ ।
अन्त्यमा अभिषेकले ऐश्वर्यालाई मन पराउन थाले र २००७ मा विवाह पनि गरे । उनीहरुको एक छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण