....त्यतिबेला म रोइरहें, सलमान हाँसिरहेः कट्रिना कैफ
सलमान खान र कट्रिना कैफ सँगै भएपनि वा नभएपनि उनीहरु एक अर्काका लागि सधैं विशेष छन् ।
फिल्मफेयरका एडिटर जितेश पिल्लईसँगको एक अन्तर्वार्तामा ‘जग्गा जासूस’ स्टार कट्रिना कैफले सलमानसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरिन् । सलमान सँग ‘टाइगर जिन्दा हे’ मा पुनः स्क्रिन स्पेस सेयर गर्ने तयारीमा रहेकी कट्रिनाले सलमान सधैं उनको गुरुको रुपमा उभिएको बताइन् ।
उनले भनिन्, ‘हामी सबैलाई थाहा छ कि सलमानको मन कति ठूलो छ र उनी सबैको निकै मद्दत गर्दछन् । तर मेरा लागि उनले सबैभन्दा राम्रो काम के गरे भने उनले मेरो बाटो सजिलो बनाउने कोसिस गरेनन् । उनले सधैं मलाई आफ्नो समथ्र्य देखाउका लागि प्रोत्साहित गरे ।’
जब उनलाई सलमान सँग उनको सबैभन्दा रमाइलो र नरमाइलो पल कस्ता थिए भन्ने प्रश्न सोधियो तब उनले यसबारे थाहा पाउनका लागि अर्को भिन्न कार्यक्रम बनाउनु पर्ने बताइन् ।
तर पछि कट्रिनाले सुरुवाती दिनमा उनलाई सलमानले हिम्मत बनेर उत्रिएको भन्दै एउटा घटना वर्णन गरिन् । उनले भनिन्, ‘उनलाई सधैं ममाथि भरोसा थियो । म ‘साया’ मा काम गरिरहेको थिएँ । अनुराग बसु निर्देशक थिए, जोन अब्राहम हिरो थिए र म फिल्मकी एक पात्र थिएँ । एक रात मलाई एक शटका लागि बोलाइयो । त्यो एक साइलेन्ट शट थियो र मैले त्यसमा भूतको भूमिका निभाउनु थियो । त्यो एक पासिङ सट थियो । २ दिन पछि सुट गरेपछि पछि मलाई फिल्मबाट निकालिएको भन्ने जानकारी दिइयो । कोठाबाट निस्किने बित्तिकै म रुन थालें । मेरो आँखा सुन्निएको थियो ।’
उनले थपिन्, ‘दिउँसो मैले सलमानलाई भेटें । म रोइरहेकी थिएँ र उनीभने हाँसिरहेका थिए । मैले त्यतिबेला सोचें कि उनी कति नराम्रो व्यक्ति हुन् भनेर । मेरो पहिलो फिल्मले मलाई निकालिदिएको थियो । म समाप्त भइरहेको थिएँ र उनी भने हाँसिरहेका छन् ? त्यसपछि उनी शान्त भए र मलाई सम्झाउन थाले । उनले भने, ‘तिमी बुझ्दैनौं । यो कुनै ठूलो कुरा होइन । मलाई थाहा छ तिमी कति अगाडिसम्म पुग्छौ । यस्तो कुरा भइरहन्छन् । यस्तो किन हुन्छ, त्यो म भन्न सक्दिनँ तर अगाडि बढेपछि तिमी आफैंलाई थाहा हुन्छ कि यस्ता कुरा सामान्य हुन्छन् । आफ्नो ध्यान केन्द्रित गरिराख र कडा मेहनत गर ।’
अली अब्बास जफरका निर्देशक ‘टाइगर जिन्दा हे’ को सुटिङ चलिरहेको छ । यो फिल्म यस वर्षको डिसेम्बरमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण