यतिविघ्न गर्दासमेत मेरो नाम मिटुमा आएको छैनः शत्रुघ्न सिन्हा
बिजेपी सांसद एवं अभिनेता शत्रुघ्न सिन्हाले आफ्नो नाम कहिले पनि मिटु आन्दोलनमा नआएका कारण भाग्यमानी भएको बताएका छन् । उनका अनुसार हरेक सफल पुरुषको असफलताको पछाडि एक महिलाको हात हुन्छ ।
यद्यपी, उनले आफूले मिटु आन्दोलनलाई ठट्टाको रुपमा नलिएको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘मेरो यो टिप्पणीलाई ‘राइट ह्युमर’ को रुपमा लिन आग्रह गर्छु ।’
बुधबार मुम्बईमा एक किताब लञ्चको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले मिटुको समयमा हरेक सफल पुरुषको असफलताको पछाडि महिला हुन्छिन् भन्न लाज मान्नु पर्दैन । म आफूलाई भाग्यमानी ठान्छु कि यति विघ्न गर्दा पनि मेरो नाम मिटु आन्दोलनमा आएको छैन ।’
‘म आफ्नी श्रीमतीको कुरा सुन्छु र उनी मेरो रक्षा कवजको रुपमा सँगै हिँड्छिन् । उनी मसँग हुँदा मानिसहरुले थाहा पाउँछन् कि म वैवाहिक सम्बन्धमा खुसी छु र मेरो जीवन निकै राम्रो छ । ’
सिन्हाले श्रीमती पुनमलाई ‘देवी’ बताउँदै श्रीमती नै उनको सर्वस्व भएको बताएका छन् ।
कसैले उनीबारे केही बताउन चाहेपनि उनीहरुलाई चुप बस्न आग्रह गरेका छन् । उनले भने, ‘कृपया, यस्तो नगनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण