मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

राहुल गान्धीप्रति ‘फिदा’ थिइन् करीना, उनीसँग डेट गर्न चाहान्थिन् (भिडियो)

आइतबार, १९ फागुन २०७५, १० : १९
आइतबार, १९ फागुन २०७५

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर काँग्रेस अध्यक्ष राहुल गान्धीप्रति ‘फिदा’ भएको रहस्य बाहिर आएको छ । उनले केहि वर्षअगाडि दिएको एउटा अन्तर्वार्ताको भिडियो बाहिरिएसँगै उक्त कुराको खुलासा भएको हो ।

उनको उक्त भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा उनले राहुल गान्धीसँग ‘डेट’ मा जान चाहेको कुरा बताएकी छिन् । 

बलिउड अभिनेता सैफ अली खानसँग वैवाहिक सम्बन्धमा बाँधिएकी करीनाको एक सन्तान पनि छन् । तर, भारतमा हुन लागेको लोकसभा चुनावसँग जोडेर विभिन्न कलाकारको नाम आइरहँदा करीनाको उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ ।

उनले भिडियोमा भनेकी छिन, ‘मैले यो कुरा भन्न हुन्छ कि हुँदैन मलाई थाहा छैन र मलाई यो कुरा विवादित भए पनि केहि फरक पर्दैन । म राहुल गान्धीलाई एकदमै राम्रोसँग चिन्छु । मैले उनको तस्बिर पत्रिकामा देखेपछि उनीसँग बोल्न चाहान्थेँ । म फिल्म क्षेत्रबाट हुँ र उनी राजनीतिक परिवारबाट । मलाई लाग्छ हामीबीचको कुरा दिलचस्प हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप