नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटसभिल्ला’ को स्पर्धामा
काठमाडौं – भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट हजारौँ सहभागी अडिसनमा उनी उत्कृष्ट १५ भित्र परेकी हुन् । स्प्लिटस्भिल्लाको श्रृङ्खलामा नेपालबाट छनौटमा परेकी इशा पहिलो हुन् ।
अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफू पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी दिइन् ।
हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा यो कार्यक्रम प्रशारण हुन्छ ।
ललितपुरको भैंसेपटी निवासी ईशाले नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी छन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण