अभिनयमा पटक्कै रुचि छैन – मिस नेपाल पिस २०१९ रेश्मा
काठमाडौँ– रेश्मा प्रसाईं ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौँ संस्करणकी बिजेता हुन् । केही दिनअगाडि राजधानीको होटल सोल्टीमा आयोजित प्रतियोगितामा उनले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । काठमाडौँ कीर्तिपुर–१० निवासी २२ वर्षीया प्रसाईं ओम हेल्थ कलेज चावहिलकी बीएससी नर्सिङ पास आउट विद्यार्थी हुन् । ‘सादा जीवन उच्च विचार’ अनुसरण गर्ने उनको पेसा नर्सिङ हो । पेसाको अलवा उनको अर्काे रुचिको विषय समाजसेवा भएको बताउँछिन् । गीत गाउन, नोबल पढ्न, घुम्न विशेष रुचि भएको बताउने रेश्मा प्रसाईंसँग रातोपाटीका दस प्रश्न ।
‘मिस नेपाल पिस (मिस नर्स)’ को ताज लगाएपछि कस्तो महशुस हुँदोरहेछ ?
– यो खुसी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ । एकदमै रमाइलो फिल भइरहेको छ । ममा एउटा जिम्मेवारी आएको छ । त्यो सफलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने लागेको छ ।
सौन्दर्य प्रतियोगितालाई कसरी लिनुहुन्छ ?
– मानिस सबै सुन्दर हुन्छन् भन्ने मेरो धारणा हो । सौन्दर्य प्रतियोगिताले मानिसको बाहिरी मात्र नभएर भित्री सौन्दर्यको पनि उजागर गर्ने गर्छ ।
प्रतियोगितापछि आफूमा पाएको परिवर्तन ?
– ‘मिस नेपाल पिस’मा भाग लिन्छु भनेर सोच्दैमा ममा एक किसिमको परिवर्तन आइसकेको थियो । पहिले म धेरै बोल्न सक्दैन थिएँ । भीडभाडमा बोल्न गाह्रो पथ्र्याे । अहिले मेरो कन्फिडेन्ट लेबल धेरै बढेको छ । मानिसको भीडमा पनि बोल्न सक्छु । आफ्नो पर्सनालिटी धेरै परिवर्तन पाएको छु ।
मनपर्ने खाना ?
– दालभात तरकारी नै हो । खाजामा झोल मम मीठो लाग्छ ।
मनपर्ने सवारी ?
– हिँड्न नै मनपर्छ । त्यसपछि पब्लिक गाडी रुचाउँछु ।
सपना ?
नर्सिङ प्रोफेसर बन्ने सपना छ ।
रुचि ?
पढ्न, म्युजिक, घुमघाम र भीजे बन्न रुचि छ । समाजसेवातिर पनि रुचि छ ।
कस्तो केटी ?
सिम्पल छु । नोबलहरु पढ्न मन पराउँछु । म्युजिकतिर रुचि छ । घुम्न बढी मनपर्छ ।
अभिनयमा आउने सम्भावना छ ?
छैन, छैन । अभिनयतिर मेरो पटक्कै रुचि छैन ।
जीवन के हो ?
– जीवन एउटा यात्रा हो । यो यात्राको क्रममा हामीले धेरै कुरा सिक्दै, अनुभव गर्दै जान सक्छौँ । सिकाइ र भोगाइले हामीलाई राम्रो व्यक्ति र व्यक्तित्व निर्माणमा सहयोग गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण