फिल्मी दुनियाँका यी ठूला स्टारः वास्तविक जीवनमा हुन् दिदि–भाइ
बलिउडमा हरेक सम्बन्धलाई विशेष स्थान दिइएको हुन्छ । यस्तोमा दिदि भाइको सम्बन्धले विशेष स्थान ओगटेको हुन्छ । सँगै खेल्ने, एकैसाथ हुर्किने, झगडा गर्ने, हाँस्ने, जिस्क्याउने.... के मात्र हुँदैन यो सम्बन्धमा । आज हामी तपाईंलाई बलिउडका केही यस्ता जोडीबारे जानकारी दिँदै छौं जसले बाल्यकालदेखि अहिलेसम्म निकै राम्रोसँग निभाइरहेका छन् यो सम्बन्ध ।
अनिलकी छोरी सोनम कपूर र बोनी कपूरका छोरा अर्जुन कपूर बलिउडका सबैभन्दा चर्चित दिदि–भाइमध्येका एक हुन् । दुबै एकअर्कालाई निकै प्रेम गर्छन् । सोनमले अनुपम खेरको एक कार्यक्रममा अर्जुनले सधैं उनलाई पुरुषबाट बचाउने गरेको र समय समयमा आफूपनि अर्जुनको ढाल बनेको कुरा साटेकी थिइन् ।
बलिउडका सबैभन्दा धेरै केयर गर्ने दाजु बहिनीको सूचीमा सोहा अली खान र सैफ अली खानको नाम शीर्ष स्थानमा छ । सैफ आफ्नो बहिनीको विषयमा निकै पोजेसिभ छन् । आफ्नी बहिनीलाई समर्थन गर्ने सैफका लागि सोहा निकै भाग्यमानी छिन् ।
हुमा कुरैशी र साकिब सलिम बलिउडका उदाउँदा कलाकार हुन् । दुबै आफ्नो करियरको विषयमा निकै सजग छन् र निकै छानेर फिल्म गरिरहेका छन् । हुमाले ‘ग्याँङ्ग अफ वासेपुर’ बाट आफ्नो परिचय स्थापित गरिन् भने साकिबलाई हामीले ‘बम्बे टकिज’ र ‘हवा हवाई’ जस्ता फिल्ममा देखिसकेका छौं ।
कपूर खानदानकी छोरी र छोरा रणबीर कपूर काकाका दिदी–भाइ हुन् । रियालिटी कार्यक्रममा सँगै देखिने उनीहरु एकअर्काका निक्कै नजिक छन् । ‘कफी विद करण’ मा दुबैजना सँगै आएका थिए जहाँ करिनाले भाइ रणबीर कपूरलाई निकै जिस्काएकी थिइन् ।
तुषार कपूर र एकता कपूरलाई थुप्रै पटक सँगै देखिएको छ । कहिले दिदिले भाइलाई हौसला दिइरहेको देख्न सकिन्छ भने कहिले अवार्ड कार्यक्रममा उनीहरु सँगै बसिरहेको देख्न सकिन्छ । एकता कपूरले निर्माताको रुपमा ठूलो सफलता हात पारेकी छिन् भने तुषार बलिउडका चर्चित अभिनेता हुन् ।
फराह खान र साजिद खान पनि निकै सफल दाजु बहिनी हुन् । साजिद पनि बलिउडका सफल निर्देशकको सूचीमा आउँछन् । दुबैले एक अर्कालाई प्रत्येक कुरामा साथ दिन्छन् । शिरिष कुन्द्रासँग जब फराह खानले विवाह गरेकी थिइन् तब सबैभन्दा धेरै समर्थन उनका भाइले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण