प्रेमीसँग नग्न फोटोसुट गरेर यी नायिकाले मच्चाएकी थिइन् बबाल, १४ वर्षसम्म अदालतमा चलेको थियो मुद्दा
पूर्व मिस इन्डिया एवं ९० की दशककी चर्चित मोडल मधु सप्रे १४ जुलाईमा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । मधु सप्रेले सन् १९९५ मा आफ्ना प्रेमी मिलिन्द सोमनसँग नग्न फोटोसुट गरेकी थिइन् । उनको जन्मदिनको अवसरमा उनीबारे विभिन्न तथ्यबारे जानकारी लिऔंः
सन् १९९२ मा मिस इन्डियाको उपाधि जित्ने मधु सप्रेको जन्म सन् १९७१ को जुलाई १४ तारिखमा भएको थियो ।
मधु सप्रेले सन् १९९५ मा आफ्ना प्रेमी मिलिन्द सोमसँग एउटा जुत्ताको विज्ञापनका लागि नग्न फोटोसुट गराएकी थिइन् । यतिबेला यी दुईले जुत्ताबाहेक केही लगाएका थिएनन् । उनीहरुको नग्न शरीरमा अजिंगर बेरिएका थिए ।
मधु र मिलिन्द सोमनविरुद्ध कानूनी पत्रसमेत काटिएको थियो । वास्तवमा यो विज्ञापनमा अजिंगरको प्रयोग गरिएको थियो । दुबैविरुद्ध वन्यजन्तु सुरक्षाको तर्फबाट अदालतमा मुद्दासमेत चलेको थियो ।
मधु र मिलिन्दलाई सन् २००९ मा यो मुद्दाबाट मुक्त गरिएको थियो । मधु सप्रेले बुम नामको एउटै फिल्ममा काम गरेकी थिइन् । यो फिल्म कट्रिनाको पनि डेब्यू फिल्म थियो । फिल्ममा थुप्रै बोल्ड सीन थिए ।
मधु सप्रेले व्यापारी जिआन मारियासँग सन् २००१ मा विवाह गरेकी थिइन् । विवाहपछि उनी इटली सेटल भएका थिए । सन् २०१२ मा मधु सप्रेले आफ्नी छोरी इन्दिरालाई जन्म दिएकी थिइन् । मधु अहिले इटालीमा नै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको ऐतिहासिक रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण