बलिउडका बाल कलाकारको सडक दुर्घटनामा मृत्यु
भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ । उनी १४ वर्षका थिए ।
भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहिबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन् ।
दुर्घटनापछि ड्राइभर ट्रक छोडेर भाग्न सफल भएका छन् ।
शिवलेखले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए । उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण