टिकटक भिडियोमार्फत् घृणा फैलाएको आरोपमा नायक एजाज खान पक्राउ
विवादित नायक एवं बिग बसका पूर्व प्रतियोगी एजाज खानलाई मुम्बई पुलिसले बुधबार पक्राउ गरेको छ । एजाजले एउटा टिकटक भिडियो बनाएका थिए जुन कथित रुपमा साम्प्रदायिक छ । भिडियोमा तबरेज अंसारीको मृत्युपछि एक समुदायलाई धम्काइएको छ ।
एजाज खानले भिडियोमा एक समुदायविरुद्ध बोलिरहेका थिए । यति मात्र होइन एजाजले भिडियोमा हिंसा भड्काउने धम्की पनि दिएका थिए । टिकटक भिडियोमा एजाज खानले एक बलिउड डायलग बोलेर मुम्बई पुलिसको खिल्ली उडाइरहेका छन् ।
मुम्बई पुलिसले केही टिकटक सेलब्रिटीविरुद्ध एफआईआर दर्ता गरेका थिए । तबरेज अंसारीको कुटीकुटी हत्या गरिएपछि केही टकटक सेलिब्रिटीले ग्रुप बनाएर विवादित भिडियो पोष्ट गरेका थिए । एजाज खानले यो भिडियोलाई समर्थन गरेका थिए ।
#AjazKhan arrested for a controversial #TikTok video by Mumbai policehttps://t.co/qncRu6blsa
— Zoom TV (@ZoomTV) July 18, 2019
ड्रग्स मामलामा भइसकेका छन् पक्राउः
एजाज खान यसअघि लागुऔषध राखेको मामलामा पनि पक्राउ भइसकेका छन् । एजाज खानबाट ८ प्रतिबन्धित लागुऔषधका चक्की भेटिएको थियो । नारकोटिक्स विभागले उनलाई नशाको स्थितीमा पक्राउ गरेको थियो ।
यस्तै, सन् २०१६ मा एक ब्यूटिसियनलाई अश्लील तस्बिर पठाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको ऐतिहासिक रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण