पारदर्शी पहिरनमा देखिइन् प्रियंका चोपडा, भद्दा कमेन्टको वर्षा
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भइन् । यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी छिन् ।
यही पहिरनका कारण सोसल मिडियामा उनी निकै ट्रोल भइरहेकी छिन् । ट्रोलरले उनका यी तस्बिरमा निकै भद्दा कमेन्टको वर्षा गरिरहेका छन् ।
प्रियंका आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्किएकी थिइन् । उनले त्यतिबेला कालो रङको पारदर्शी पहिरन लगाएकी थिइन् । उनको यो पहिरनका कारण उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल भइन् । प्रियंकाको इन्स्टाग्राम फ्यान पेजमा सेयर गरिएको यी तस्बिरमाथि मानिसहरुले निकै भद्दा कमेन्ट गरेका छन् ।
स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’
एक प्रयोगकर्ताले लेखे, ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’
यस्तै अर्का प्रयोगकर्ताले ‘प्रियंकाले सार्वजनिक स्थानमा निकै नाइट ड्रेस लगाएको ?’ भनेर प्रश्नसमेत गरेका छन् ।
यस्तै, एकले ‘प्लाष्टिक सर्जरीको पसल’समेत भन्ने भ्याए । अर्का प्रयोगकर्ताले लेखे, ‘तिमीलाई त्यहाँकै संस्कृती सुहाउँछ, भारत फिर्ता नआउनु ।’
यद्यपि, कतिले प्रियंकाको समर्थन पनि गरेका छन् । एक प्रशंसकले प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो भनेका छन् । यस्तै अर्का प्रशंसकले लेखे, ‘यस्तो तस्बिर खिच्नु क्यामराको गल्ती हो, प्रियंकाको होइन ।’
आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण