गोबिन्दाको जीवनबारे ती सात खुलासा जुन धेरैलाई विश्वास नलाग्ला
९० को दशकका सुपरस्टार गोबिन्दा आजकाल साना र लो बजेटका फिल्ममा काम गर्न बाध्य भएतापनि एक समय यस्तो थियो जब गोबिन्दाले एकैसाथ ५० वटा फिल्म साइन गरेका थिए । त्यतिबेला उनले हलिउडको सबैभन्दा ठूलो फिल्म अवतारमा मुख्य भूमिका अस्विकार गरेका थिए । आज हामी तपाईंलाई उनीसम्बन्धि यस्तै केही खुलासा गर्दै छौं जुन सुनेर तपाईंलाई विश्वास नलाग्न सक्छ ।
गोबिन्दाले इन्डिया टिभीको कार्यक्रम आपकी अदालतमा हलिउडका चर्चित निर्देशकमा गनिने जेम्स क्यामरुनले उनलाई अवतार फिल्ममा मुख्य भूमिका अफर गरेका थिए तर उनले यसलाई अस्विकार गरेको बताए । शरीर भरी रङ दल्नुपर्ने भएकाले आफूले उक्त अफर अस्विकार गरेको जानकारी दिए ।
यसबाहेक गोबिन्दाले फिल्मको टाइटलबारे आफैंले सुझाएको पनि उनले बताए । उनले फिल्मका निर्मातालाई उक्त फिल्म सात वर्षसम्म पनि समाप्त हुन नसक्न पनि बताएका थिए ।
गोबिन्दाले सनी देओल स्टारर फिल्म गदरः एक प्रेम कथालाई अस्विकार गरेका थिए । यसमा उनलाई मुख्य भूमिका अफर गरिएको थियो तर उनले अस्विकार गरेका थिए । फिल्मका निर्देशक अनिल शर्माले जब उनलाई फिल्मको स्क्रिप्ट सुनाइरहेका थिए तब त्यसमा अत्यधिक गाली भएको गोबिन्दाले उक्त फिल्ममा अभिनय गर्न अस्विकार गरेको बताए ।
गोबिन्दाले २२ वर्षको उमेरमा लगभग ५० फिल्ममा साइन गरिसकेका थिए । उक्त कार्यक्रममा उनले भने, ‘म १४ वर्षको उमेरमा मेरी आमाले मलाई गायत्री उपसना गर्न अह्राउनुभयो । मैले २४ लाख पटक गायत्री मन्त्र जपेँ । म पहिले हिरोजस्तो देख्दिनथेँ, त्यसपछि देखिन थालेँ ।’
गोबिन्दाले फिल्मको कथा नसुनिकनै, केही जानकारी नलिइकनै त्यो साइन गर्ने गर्दथे । उनका अनुसार त्यतिबेला उनी यति गरिबी र समस्यासँग जुधिरहेका थिए कि उनले जुन फिल्म पाउँथे त्यसबारे केही नसोचिकनै साइन गर्दथे । पछि फिल्म पाउने हो होइन भनेर उनले सबै फिल्ममा साइन गर्ने गरेको बताए ।
उनले थुप्रै फिल्ममा आफ्नो भूमिका आफैं क्रिएट गरेका थिए । उनले कुली नम्बर वानको रोलबारे पनि बताए । उनले भने, ‘मैले जुन पनि भूमिका फिल्ममा निभाएँ ती सबै पात्रलाई मैले कतै न कतै देखेको थिएँ । मैले उनलाई (कुली) कुनै कार्यक्रममा देखेको थिएँ त्यसपछि मलाई त्यो भूमिका फिल्ममा ल्याउने आइडिया आयो ।
गोबिन्दाका अनुसार उनी १५ दिनसम्म लगातार सुटिङ गर्ने गर्दथे । यस्तोमा जतिबेला मौका पाउँथ्यो त्यहाँ उनी थोरै बेरका लागि किन नहोस् सुतिहाल्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण