सुत्केरी भएको ११ दिनपछि गेब्रिएलाले देखाइन् स्लिम बडी, इन्स्टाग्राममा सेयर गरिन् सेल्फी
बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला १८ जुलाईमा बुवा–आमा बने । उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरे । आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि ऐनामा खिचिएको आफ्नो सेल्फी सेयर गरिन् जसमा उनी निकै फिट देखिएकी छिन् । उनको फिट बडी देखेर उनी केही दिन अघिमात्रै आमा बनेको भनेर विश्वास गर्न मुश्लिक पर्छ ।
इन्स्टाग्राममा सेयर गरिन् सेल्फीः
ग्रेब्रिएलाले इन्स्टाग्राम स्टोरीमा उक्त सेल्फी सेयर गरेकी हुन् । उनले यो सँगै क्याप्सनमा लेखिन्, ‘यौ फोटो म सुत्केरी भएको ११ दिनपछि खिचिरहेकी छु । मुश्किल थियो तर तपाईंको शरीर एउटा अद्भूत चीज हो । त्यसकारण आमा बनेपछि यसमाथि काम गर्न बन्द नगर्नुहोस् । राम्रो खानपिन गर्नुहोस्, घुम्नुहोस् र आफूलाई राम्रो महसुस गराउनुहोस् । मलाई योगाले निकै मद्दत गर्यो । मेरी ट्रेनर तनवीले यतिबेला मलाई निकै सहयोग गरिन् । अर्को कुरा भन्नु कि सबैको शरीर भिन्न हुन्छ । त्यसकारण राम्रो परिणामका लागि धैर्य गर्नुहोस् ।’
थुप्रै सेलिब्रिटी आमा बनेका छन् अहिलेसम्म कसैले पनि यति छोटो समयमा यस्तो परिवर्तन हाँसिल गर्न सकेका थिएनन् । करिना कपुर खानले सुत्केरी भएपछि १० महिनासम्म जिममा पसिना बगाउनुपरेको थियो । यसबाहेक यो वर्ष आमा बनेका ईशा देओल र सुरविन चावला अहिलेसम्म जिममा कसरत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण