यी अभिनेत्रीले श्रीमानमाथि लगाएकी थिइन् अप्राकृतिक सम्बन्ध बनाउने गरेको आरोप
कुनै बेला भोजपुरी इन्डष्ट्रिकी सबैभन्दा हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंहबीच भएको विवाद अब पुलिस थाना पुगेको छ । मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन सिंहलाई धम्की दिएको आरोप लगाएकी छिन् । यसअघि भोजपुर फिल्ममा काम गरिसकेकी अभिनेत्री युक्ता मुखीले आफ्ना श्रीमानमाथि गम्भीर आरोप लगाएकी थिइन् ।
विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् ।
श्रीमानले आफूमाथि अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको युक्ताले आरोप लगाएकी थिइन् ।
युक्ता मुखीको श्रीमानसँग भयो सम्बन्धविच्छेदः
यसका साथै पुलिसले दिएको जानकारी अनुसार अभिनेत्रीले आफ्ना श्रीमानमाथि दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौन सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् ।
उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो ।
सन् २००० मा युक्ताले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले एक तमिल फिल्म पूवेलम उन वसमबाट डेब्यू गरेकी थिइन् । त्यसपछि सन् २००२ मा उनले ‘प्यासा’ नामको हिन्दी फिल्ममा काम गरिन् । उनले ‘कब कहबा तू आइलव यू’ मा पनि काम गरिन् ।
मिस इन्डियाको उपाधि पनि जितिसकेकी छिन्ः
युक्ताले मिस वर्ल्डको उपाधि जित्नुअघि फेमिना मिस इन्डियाको उपाधि पनि आफ्नो नाममा गरेकी थिइन् । यसबाहेक उनले इन्डियन फिल्म अवार्डलाई पनि होस्ट गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण