शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किशोर कुमारकी पूर्वपत्नीसँग मिथुन चक्रवर्तीले विवाह गरेका थिए, रिसाएका किशोरले यसरी निकालेका थिए भडास

आइतबार, १९ साउन २०७६, १२ : ५६
आइतबार, १९ साउन २०७६

बलिउडका पार्श्व गायक किशोर कुमारको सन् १९२९ को अगस्ट ४ मा जन्मदिन हो । जब उनी मुम्बई फिल्म इन्डष्ट्रिमा राज गर्दथे तब थुप्रै दुश्मन बनाएका थिए । यहाँसम्म कि तत्कालीन देशका सुपर–पावर ठानिकएका संजय गान्धीलाई ‘नाई’ भन्ने हिम्मत गरेका थिए । यसबारे केही दिनअघि मोदीले कुरा गरेका थिए ।

भारतमा संकटकालका बेला संजय गान्धी किशोर कुमारले कांग्रेस र्‍यालीमा गाइदिउन् भन्ने चाहना राखेका थिए । किशोरले उक्त प्रस्ताव अस्विकार गरिदिए । नतिजा यो भयो कि सूचना एवं प्रसारणमन्त्री विद्या चरण शुक्लाले उनीमाथि अनौपचारिक प्रतिबन्ध लगाइदिए ।

आकाशवाणी र दूरशर्नमा उनको गीत बज्न बन्द भयो । सन् १९७६ मे ४ मा संकटकाल समाप्त भइसक्दा पनि प्रतिबन्ध जारी रह्यो । ८० को दशकमा किशोर कुमारको अमिताभ बच्चनसँग विवाद भयो । अमिताभले किशोरको फिल्म ममताकी छांवमा पाहुना कलाकार बन्न अस्विकार गरेका थिए । उनले केही समय मिथुन चक्रवर्तीका लागि पनि गीत गाएनन् । कारण यो थियो कि उनकी पूर्वपत्नी योगिता बालीसँग विवाह गरेका थिए ।

किशोर कुमारले गरेका थिए चार विवाहः

किशोर कुमारले चार विवाह गरे । उनकी पहिलो श्रीमती बांग्ला अभिनेत्री एवं गायिका रुमा गुहा ठाकुरता थिइन् । सन् १९५० मा गरिएको विवाह सन् १९५८ सम्म टिक्यो । रुमालाई उनी निकै प्रतिभाशाली मान्थे । उनका अनुसार दुबैको जीवनलाई हेर्ने दृष्टिकोण भिन्न थियो त्यसकारण उनीहरुको विवाह चल्न सकेन । किशोरले रुमालाई घर सम्हालोस् भन्ने चाहेका थिए । उनका लागि करियरभन्दा ठूलो घर थियो ।

उनले दोस्रो विवाह मधुबालासँग गरे । किशोरले जब उनलाई प्रस्ताव गरिन् तब उनी निकै बिरामी थिइन् । उपचारका लागि लण्डन जान चाहन्थिन् । उनको मुटुमा प्वाल गियो । रुमासँग सम्बन्धविच्छेद पछि किशोरले मधुबालासँग विवाह गरे । यसका लागि उनले इस्लाम कबुल गरे । उनको नाम राखियो करिम अब्दुल । किशोर कुमारका आमा–बुवा उक्त विवाहमा सरिक भएनन् । किशोर ब्राह्मण परिवारका थिए जबकी मधुबाला मुस्लिम थिइन् ।

यद्यपि, किशो र मधुबालाले हिन्दु रितिरिवाजमार्फत् पनि विवाह गरे । तर मधुबालालाई कहिले पनि घरमा स्विकार गरिएन । घरमा तनावका कारण विवाहको एक महिनापछि नै मधुबाला बान्द्राको आफ्नो बंगलाबाट शिफ्ट भइन् । वैवाहिक जीवन निकै तनावपूर्ण बित्यो । किशोरका अनुसार ९ वर्ष उनले मधुबालाको सेवा गरे । उनले भनेका थिए, ‘उनी बेडबाट उठ्न सक्दिनथिन् । उनलाई आफ्नो आँखा अगाडि मरिरहेको देखेँ ।’

‘उनी मरिरहेकी थिइन् मैले ठट्टा गर्नु परिरहेको थियो’

एक अन्तरवार्तामा उनले भनेका थिए, ‘कोही आफ्नो अगाडि मरिरहेको देख्दा कस्तो महसुस हुन्छ, त्यो बुझाउन सकिँदैन । सन् १९६९ फेब्रुअरी २३ मा मधुबालाको मृत्यु भयो । उनी निकै पीडामा थिइन् । आफू किन मर्दिनँ भनेर तनावमा हुन्थिन्, चिच्याउँथिन्'। त्यतिबेला मैले मजाक गर्नुपर्दथ्यो । डाक्टरले उनलाई खुसी राख्न भनेका थिए । मैले मधुबालालाई अन्तिम साससम्म यस्तो गरेँ । खुसीमा खुसी भए । दुःखमा रोएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप