अजय र काजोलको रोचक ‘लव स्टोरी’: घरमै गरेका थिए लुकीछिपी विवाह
बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको ‘लव स्टोरी’ निकै रोचक छ । उनीहरु वैवाहिक जीवनमा बाधिँएका १९ वर्ष पूरा भएको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र अजयले जीवनमा थुप्रै फिल्ममा काम गरे र दर्शकको दिल र दिमागमा रहेका छन् ।
यसैबीच, अगस्ट ५ मा जन्मदिन मनाइरहेकी काजोलको अजयसँगको प्रेम निकै रोचक छ ।
विवाहपछिका दिनहरुमा वैवाहिक सम्बन्ध बन्दै र बिग्रदै गर्ने बलिउडको दुनियाँमा
उनीहरुको जोडी एक उदाहरणको रुपमा लिइन्छ । विवाहको सुरुका दिनहरुमा अजय बलिउडका भर्खर भर्खर पाइला सार्दै थिए भने काजोल उचाईमा पुगिकेकी थिइन् ।
भारतीय मिडियालाई दिएको अन्तर्वातामा काजोलले किन अजय देवगनसँग विवाह गर्ने निर्णय लिएकी थिइन् भनेर खुलासा गरेकी थिइन् । उनले भनिन्, ‘त्यो समयमा यो फैसला मेरो लागि बिल्कुल सही थियो । मैले लगभग साढे आठ वा नौ वर्ष लगातार काम गरिसकेकी थिएँ । त्यसैले मैले कामबाट थोरै फुर्सद लिने बारेमा सोचेकी थिएँ । र कामलाई किनारा लगाउन विवाह गर्ने बारेमा सोचेँ ।’ सन् १९९९ मा वैवाहिक जीवनमा बाँधिएका काजोल र अजयका दुई छोराछोरी छन् ।
उनीहरु पहिलोपटक फिल्म ‘गुंडाराज’ को सेटमा मिलेका थिए । त्यतिबेला अजय चुपचाप बस्ने गर्थे त्यसैले सबैले उनलाई घमण्डी सोच्थे । तर, काजोलले उनका हरेक कुरा राम्रो लाग्न थाल्यो । भेटघाट बढ्न थाल्यो । धेरै समय साथमा बिताउन थाले । र पछि विवाह गर्ने निर्णय लिए ।
अजयले उनीहरुको विवाह घरको छतमा भएको बताएका थिए । उनी ‘बेडरुम’बाट निस्किए र छतमा गए अनि विवाह गरे । फेरि ‘बेडरुम’ मा आए । सहज तरिकाले सबै कुरा सकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण