नायिका सोनाक्षी सिन्हा पक्राउ, भिडियो भाइरल भएपछि दिइन् यस्तो स्पष्टिकरण
बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ ।
भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’
सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् । भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।
नायिकाले सोसल मिडियामार्फत् दिइन् स्पष्टिकरणः
सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’
कामको कुरा गर्ने हो भने सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ । फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए । अब चाँडै नै उनको फिल्म मिशन मंगल रिलिज हुँदै छ जसमा उनीबाहेक अक्षय कुमार, विद्या बालन, तापसी पन्नु र कृति कुल्हारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण