शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षमा ७ अर्ब ३३ करोड कमाइ गरेका अक्षयले भने, ‘मैले यो कमाउन रगत पसिना बगाएको छु’

बिहीबार, २३ साउन २०७६, ०८ : २०
बिहीबार, २३ साउन २०७६

अक्षय कुमार पछिल्लो समयमा दुनियाँका सय सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा यस वर्ष भारतका एक्ला सेलिब्रिटी बने ।

सन् २०१९ को ‘हाइएस्ट पेड सेलिब्रिटी’ को सूचीमा अक्षय ३३ औं स्थानमा छन् । उनको कमाई ६.५ करोड डलर (७ अर्ब ३३ करोड रुपैयाँ) हो ।

अक्षयले यसबारे अन्तरवार्तामा खुलेर कुराकानी गरेका छन् ।

भारतीय संचार माध्यमसँगको अन्तरवार्तामा अक्षयले भने, ‘स्वभाविक रुपमा राम्रो लाग्छ । तर म यस्ता आर्टिकलको हेडलाइनमात्र हेर्छु । गम्भीर कुरा गर्ने हो भने पैसा मेरा लागि महत्वपूर्ण छ तर एउटा हदसम्म मात्र । मलाई थाहा छ यो मेरो मेहनतको कमाई हो । म एक–एक पैसाका लागि कडा मेहनत गर्छु । पैसा सजिलै आउँदैन । मैले यो कमाउनका लागि आफ्नो रगत–पसिना बगाएको छु । यो मेरो लागि निकै महत्वपूर्ण छ ।’

अक्षयको नयाँ फिल्म मिशन मंगला अगस्ट १५ तारिखमा रिलिज हुँदैछ । फिल्मको कहानी सन् २०१३ मा मंगल ग्रह पठाएको इसरोको मिशनमा आधारित छ । फिल्ममा अक्षय कुमारसँगै विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नू, नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप