शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ट्याटुवाली द्रौपदी, सिक्स प्याक भएका पाण्डव’, एकता कपुरको महाभारतमा भड्किए ‘भिष्म पितामह’

शनिबार, २५ साउन २०७६, ०८ : ५७
शनिबार, २५ साउन २०७६

रवि चोपडाको निर्देशनमा बनेको टिभी धारावाहिक महाभारतको पहिलो एपिसोड अक्टोबर २ मा टिभीमा प्रशारण गरिएको थियो । यो कार्यक्रममा मुकेश खन्नाले भीष्म पितामहको भूमिका निभाएका थिए । महाभारतले यस्तो लोकप्रियता हाँसिल गर्यो कि यसलाई थुप्रै पटक रिमेक गरियो ।

हरेक पटक यो भिन्न शैलीमा आयो । मुकेश खन्नाले पछिल्लो दिन आफ्नो फेसबुक पेजबाट एउटा भिडियो साझा गरेका छन् जसमा उनले एकता कपुरले महाभारतलाई अत्यधिक आधुनिक बनाएको भन्दै आलोचना गरेका छन् ।

भिडियोमा मुकेश खन्नाले महाभारतको स्टोरीलाइन परिवर्तन गरेको र विषयवस्तुलाई हदभन्दा बढी आधुनिक बनाएको भन्दै एकता कपुरको आलोचना गरे । मुकेश खन्नाले भने, ‘मैले निकै अघि नै एकतालाई तिम्रो महाभारत चल्दैन भनेको थिएँ । उनले द्रौपदीको ट्याटु बनाइदिएकी छिन् र पाण्डवको सिक्स प्याक छ ।’

उनले थपे, ‘म १५ फिल्मका हिरो थिएँ तरपनि मैले मुकुट लगाएर नै अडिशन दिएको थिएँ ।’

भिडियोमा मुकेशले भनेका छन्, ‘एकताले चर्चित कलाकारलाई उठाएकी छिन् र उनीहरुलाई आफूलाई मन लागेको भूमिका दिएकी छिन् । अहिलेका महाभारतलाई डेली सोप बनाउने पूरा कोसिस गरिन्छ त्यसकारण यो ती महाभारत कहिले पनि बन्न सक्दैनन् जुन त्यो जमानाको थियो ।’

यो शो नयाँ बच्चालाई राम्रो लागेता पनि हिन्दुहरुले यसको विरोध गर्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप