अक्षय कुमारको नाममा दोस्रो राष्ट्रिय फिल्म पुरस्कार, खबर सुन्नेबित्तिकै यस्तो हाल
मिसन मंगलको रिलिज अघि अक्षय कुमारले ठूलै खुसी हात पारेका छन् । उनको फिल्म प्याडम्यानले ‘बेस्ट फिल्म अन सोसल इस्युज’ (सामाजिक मुद्दामा बनेको उत्कृष्ट फिल्म) का लागि राष्ट्रिय फिल्म पुरस्कारको लागि छानिएको छ । जब अक्षयलाई यसबारे थाहा भयो तब उनलाई विश्वास नै भएन ।
सन् २०१८ मा रिलिज भएको प्याडम्यान सोसल ड्रामा हो जसलाई आर बाल्कीले निर्देशन गरेको थियो । यो फिल्मबाट ट्विंकल खन्नाले निर्माताको रुपमा डेब्यू गरेकी थिइन् । ट्विंकलले राष्ट्रिय पुरस्कारको घोषणा हुँदा आफू बाटोमा नै भएको ट्वीटमार्फत् जानकारी दिइन् । उनले ट्वीटरमार्फत् नै प्याडम्यानले राष्ट्रिय पुरस्कार भएको बारे जानकारी भएको बताइन् । सुरुमा विश्वास नलागे पनि पछि प्याडम्यानले साँच्चै नै अवार्ड पाएको कुरामा उनी विश्वस्त भइन् ।
Thank you! Completely overwhelmed -I was in the car-saw this very tweet and discovered we actually won the National Award! #Padman https://t.co/s1xwoiiJfn
— Twinkle Khanna (@mrsfunnybones) August 9, 2019
अक्षयले ट्विंकलको ट्वीटलाई रिट्वीट गरेर भने, ‘हो, र दोस्रो फोन मलाई आयो । प्याडम्यानले साँच्चै नै सामाजिक विषयमा बनेको उत्कृष्ट फिल्मको अवार्ड जितेको हो भन्ने कुराको पुष्टि गर्न हामी निकै उत्साहित थियौं । म यतिमात्र भन्न सक्छु । सारा संसारलाई भन, यसलाई कपी गर ।’
प्याडम्यान अरुणाचलम मुरुगन्नतमको कहानी हो जसले सस्तो मूल्यको स्यानटरी प्याड बनाउने विधिको आविष्कार गरेका थिए । फिल्ममा राधिका आप्टेले अक्षयकी श्रीमतीको भूमिका निभाएकी थिइन् जबकी सोनम कपुर सामाजिक कार्यकर्ताको भूमिकामा थिइन् । सोनमले यो खबरमाथि प्रतिक्रिया जनाउँदै खुसी व्यक्त गरेकी थिइन् ।
Oh my god!! Yayyy! https://t.co/6JOQ0LwMTg
— Sonam K Ahuja (@sonamakapoor) August 9, 2019
अक्षय कुमारले यसअघि रुस्तमका लागि उत्कष्ट नायकको विधामा राष्ट्रिय फिल्म अवार्ड जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण