काजोलले रानीलाई फिल्मबाट हटाउन दबाब दिएपछि...
भारतीय फिल्म क्षेत्रमा ९० औं दशकमा बहुचर्चित काजोलले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् । विशेषगरी उनलाई शाहरुख खानसँग निकै रुचाइयो । शाहरुख र काजोलले साथमा थुप्रै सुपरहिट फिल्म खेले । यो जोडी अझै पनि दर्शकको मन र मस्तिष्कमा बसिरहेको छ ।
तर, पछिल्लो समय शाहरुख फिल्ममा जति सक्रिय छन् त्यति काजोल छैनन् । उनले पछिल्लो समय फिल्म खेल्न नै छोडेकी छिन् । फिल्मबाट टाढा रहेपनि सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने काजोलका जीवनमा थुप्रै विवादास्पद क्षणहरु छन् ।
विभिन्न विषयमा विभिन्न समयमा उनी विवादित पनि उत्तिकै बनिन् । फिल्म ‘कुछ कुछ होता है’ निकै चर्चामा रह्यो । यो फिल्म मन नपराउने सायदै कोहि होला । काजोल, रानी र शाहरुख खानको त्रिकोणात्मक प्रेममा आधारित फिल्मले धेरै दर्शकको मनमा बास बसेको थियो । तर, यही फिल्मबाट रानी र काजोलबीच शीत युद्ध शुरु भयो । उक्त फिल्मका लागि काजोलसँगै रानीलाई लिइयो । तर, काजोलले रानीलाई फिल्मबाट हटाउन करन जोहरलाई दबाब दिइन् । तर फिल्म डिस्ट्रीब्यूटर आदित्य चोपडाले रानीलाई हटाएनन् । यसपछि रानी र काजोलको दुश्मनी पक्का भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण