हिन्दी सिनेमाकी दिग्गज कलाकारको स्थिती नाजुक, भेन्टिलेरमा राखियो
९० को दशककी चर्चित नायिका विद्या सिन्हा मुम्बईको सिटी केयर अस्पतालमा भर्ना छिन् । उनको स्थिती निकै नाजुक बताइएको छ जसका कारण उनलाई भेन्टिलेटरमा राखिएको एक भारतीय मिडियाले जानकारी दिएको छ ।
एक वेबसाइटको रिपोर्ट अनुसार विद्या सिन्हालाई दुई दिनअघि निकै नाजुक स्थितीमा अस्पताल पुर्याइएको थियो । उनको फोक्सो र मुटुमा समस्या देखिएको अस्पतालले बताएको छ ।
नायिका विद्या सन् २००९ मा आफ्नो नीजि जीवनका कारण निकै चर्चामा आएकी थिइन् । त्यतिबेला उनले आफ्ना दोस्रो श्रीमान् नेताजी भीमराओ सालुंखेमाथि मानसिक र शारीरिक तनाव दिएको आरोप लगाएकी थिइन् । त्यसको केही दिन पछि नै उनीहरुको सम्बन्धविच्छेद भएको थियो । स्मरण रहोस्, विद्याले पहिलो विवाह आफ्ना छिमेकी एवं तमिल ब्राह्मण वेंकटेश्वर अय्यरसँग सन् १९६८ मा गरेकी थिइन् । दुबैले एक छोरी जान्ह्वीलाई अडप्ट गरेकी थिइन् र सन् १९९६ मा अय्यरको मृत्यु भएको थियो ।
विद्याको फिल्मी करियरको कुरा गर्ने हो भने उनले ‘छोटी सी बात, रजनीगन्धा, पती पत्नी और वो, मुक्ति, स्वयंवर, मगरुर, सफेद झुठ, तुम्हारे लिएजस्ता विभिन्न बलिउड फिल्ममा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण