शाहरुख खानको यस्तो दिन पनि आयो, अभिनयका लागि यतिसम्म भन्नुपर्यो
शाहरुख खान एक उत्कृष्ट नायक हुन्, यसमा सायद कसैलाई शंका छैन होला । तर अब यस्तो दिन आइरहेको छ जब शाहरुख खानले आफ्नो अभिनय गर्नसक्छु भनेर भन्नु परिरहेको छ । स्मरण रहोस्, उनका पछिल्ला पाँच फिल्मले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन । अब शाहरुखले आफूले अझै पनि २०–२५ वर्ष राम्रो अभिनय गर्न सक्ने बताएका छन् ।
शाहरुख खानले फिल्मबाट थोरै समयका लागि ‘ब्रेक’ लिएका छन् तर अभिनेताका अनुसार राम्रो सिनेमाका लागि उनमा अहिलेसम्म पनि निकै क्षमता छ । ५३ वर्षका अभिनेताको अन्तिम फिल्म ‘दिलवाले’, ‘जब ह्यारी मेट सेजल’ र ‘जिरो’ थियो जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएन ।
ममा क्षमता अझै छः शाहरुख खान
शाहरुख खानले पीटीआईसँग भने, ‘राम्रो कुरा गर्नका लागि जे कुराले मलाई प्रेरित गर्छ त्यो म बुझ्छु । मेरा वरिपरि त्यस्ता मानिसहरु छन् जसले उत्कृष्ट सिनेमा बनाउँछन् । र म बुझ्छु कि ममा राम्रो फिल्म गर्ने क्षमता अझै बाँकी छ । मभित्र अहिले पनि २०–२५ वर्ष राम्रो काम गर्ने क्षमता बाँकी छ ।’
आजकाल के गरिरहेका छन् शाहरुख खान ?
शाहरुख खान इन्डियन फिल्म फेस्टिबल अफ मेलबर्न (आइएफएफएम) मा मुख्य अतिथिको रुपमा आएका थिए । उक्त कार्यक्रमपछि उनले पीटीआईसँग कुरा गरेका थिए । शाहरुखले जिरो फिल्मपछि केही समयको ब्रेक लिने निर्णय लिएको र विभिन्न स्थानमा घुमेर नयाँ कहानी खोजी गरिरहेको बताए । ’
कति दिनको ब्रेकमा रहन्छन् शाहरुख खान ?
उनले भने, ‘मैले भर्खरै आफ्नो जुन अन्तिम फिल्म पूरा गरेँ त्यसको प्रदर्शन राम्रो रहेन तर म यसलाई हल्का रुपमा लिन्छु । म आफैंसँग यो भन्छु कि केही समययका लागि असफलताको स्वाद चाखौं । त्यसकारण मैले चार–पाँच महिनाको विश्राम लिएँ ।’
वौद्धिक भाषण दिइरहेको छुः शाहरुख खान
अभिनेताले भने, ‘म ब्रेकमा भएका कारण यहाँ मेलबर्न आएँ र यहाँका मानिसहरुसँग भेटघाट गरिरहेको छु । नयाँ कहानी र नयाँ कुराको खोजी गरिरहेको छु र वौद्धिक भाषण दिइरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण