सैफ र करिनाको विवाह हुँदा १६ वर्षकी थिइन् सारा, यस्ती देखिन्थिन्
सारा अली खान र इब्राहिमसँग करिनाको बन्डिङ हेर्दा यस्तो लाग्छ कि उनीहरुलाई कहिले पनि सैफ र उनको सम्बन्धसँग समस्या थियो । साराले करन जोहरको शो ‘कफी विद करन’ मा यसबारे कुराकानी गरेकी थिइन् । आज यसबारे किन कुरा गरिँदैछ भने केही समयअघि एउटा तस्बिर इन्टरनेटमा निकै भाइरल भएको थियो । यो तस्बिर सैफ र करिनाको विवाहको तस्बिर थियो ।
यो तस्बिरमा पूरा परिवार सँगै छन् र हजुरआमासँग इब्राहिम बसिरहेको देख्न सकिन्छ । यस्तै सारा करिना बसेको ठाउँमै उभिएकी छिन् । उनी निकै खुसी देखिएकी छिन् । सैफ–करिनाको विवाह हुँदा सारा १६ वर्षकी थिइन् भने इब्राहिम ११ वर्षका थिए । साराले करनको शोमा सैफ र करिनाको विवाहका लागि उनलाई आमाले तयार गरिदिएको बताएकी थिइन् ।
साराले करिनालाई उनको नामले नै बोलाउने बताएकी थिइन् । साराले भनेकी थिइन्, ‘करिनालाई ‘सानी आमा’ भनेको भए उनी छक्क पर्थिन् होला ।’
साथै करिनाले पनि यस्तै बताएकी थिइन् । करिनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म सधैं सैफलाई भन्छु कि म सारा र इब्राहिमको राम्रो साथीमात्र बन्न सक्छु । म कहिले उनको आमा बन्न सक्दिनँ किनभने उनीहरुसँग एक उत्कृष्ट आमा छिन् जसले दुबै बच्चालाई निकै राम्रो संस्कार दिएकी छिन् । म दुबैलाई धेरै माया गर्छु र जीवनको मोडमा यदि उनीहरुलाई मेरो सल्लाहको आवश्यकता परे म उनीहरुको साथमा हुनेछु ।’
यो फोटो सोहाले इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण