आमिर खानकी छोरी इराको अचम्मको फोटोसुट, देखियो ग्ल्यामरस अवतार
बलिउड नायक आमिर खानकी छोरी इरा खानको अचम्मको फोटोसुट सोसल मिडियामा चर्चाको विषय बनेको छ । फोटोमा इरा खानलाई निकै ग्ल्यामरस अन्दाजमा देखिएको छ । इराले फोटो सेयर गर्दै लेखिन्, ‘तिमी को हौ ?’
इराले इन्स्टाग्राममा उक्त फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । फोटोमा इराले निकै अचम्मको पहिरन पनि लगाइरहेको देख्न सकिन्छ । उनको मेकअप पनि अचम्मको छ ।
मानिसहरुले उनको फोटोसुटमा ‘मेरो स्वप्न परी, ग्ल्यामरस, सुन्दर’जस्ता कमेन्ट गरिरहेका छन् ।
स्मरण रहोस्, इरा खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनका थुप्रै फ्यान फलोविङ छन् । सोसल मिडियामा उनका ७० हजार बढी फलोअर्स छन् ।
इरा खानको बलिउड डेब्यूको विषयमा पनि विभिन्न अनुमान गरिँदै छन् । गत वर्ष कफी विद करण शोमा आमिरले उनका छोरा जुनैद र छोरी इरालाई बलिउडमा रझान भएको बताएका थिए । साथै, उनका छोराछोरी यो क्षेत्रका लागि सक्षम नभएर सन्तानका लागि मौका स्थापित नगर्ने स्पष्ट पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण