१० करोड डलर वैदेशिक अनुदान लिइँदै
बिहीबार, ३० साउन २०७६, ०७ : ३७
प्रदेश तथा स्थानीय तहरु आत्मनिर्भर नबन्नुका साथै सेवाप्रवाहमा समेत कमजोर भएपछि सरकारले उनीहरुको प्रशासकीय क्षमता अभिवृद्धिका लागि वैदेशिक सहयाताको सहारा लिने तयारी गरेको छ ।
यसका लागि १० करोड अमेरिकी डलर९रु ११ अर्ब ४० करोड० वैदेशिक अनुदान जुटाउन अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ । ‘प्रोभिन्सिल एन्ड लोकल लेभल गभर्नेन्स प्रोग्राम’ शीर्षकमा सरकारले यूरोपेली युनियन, डिएफआईडी, नर्बे, स्वीट्जरल्यान्ड र राष्ट्रसंघ अन्तर्गतका निकायसँग वैदेशिक सहायता लिन लागेको हो ।
अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले वैदेशिक सहायताका लागि सबै गृहकार्य गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको पुष्टि गरे । यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर