मलेसियाली पूर्वप्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित
क्वालालम्पुर– मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।
अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो । उच्च अदालतले सो सुनुवाई अब यही अगष्ट २६ का लागि तोकेको छ । प्रधानमन्त्री रजाकमाथिको यो अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग रहेको बताइएको छ ।
उनीमाथि आफू सत्तामा रहेका बेला १–विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट (६२ करोड अमेरिकी डलर) बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ । त्यस आरोपमा गत वर्षदेखि नै अनुसन्धान सुरु भएको छ । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अबको सुनुवाई अन्तिम हुने अनुमान गरिएको छ ।
उनीमाथि भ्रष्टाचारका चार अलग अलग अभियोग दर्ता गरिएको छ । तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती अभियोगहरु अस्वीकार गर्दै आएका छन् । उनका श्रीमती र छोरामाथि पनि मुद्रा अपचलनको अभियोग लगाइएको छ । उनीहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका छन् । तर उनीहरुमाथिको भ्रष्टाचारको अभियोग भने अलग्गै हो । –सिन्ह्वा/photo: Al-jazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण