माछापुच्छ्रे बैंकको ऋणपत्र आह्वानमा अपेक्षाभन्दा बढी आवेदन
काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको छ । बैंकले साउन ६ गतेदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको हो । आइसीआरएएन आइबार ए माइनस रेटिंग प्राप्त माछापुच्छ्रे ऋणपत्रमा बजारमा लगानीयोग्य रकम अभाव देखिइरहेको परिप्रेक्ष्यमा पनि आशा गरिएभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।
ऋणपत्रमध्ये मागगरेभन्दा बढी आवेदन प्राप्त माछापुच्छ्रे बैंक पहिलो बैंक हो । बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरसहित १० वर्ष अवधिको लागि ३ अर्बको ऋणपत्र जारी गरेको थियो । बैंकले २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवदेन गर्न सक्नेगरी छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्मका लागि निश्कासन भएको ऋणपत्रमा अपेक्षा गरेभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।
बैंकमा ग्राहको अपार माया र विश्वासको प्रतिफलस्वरुप बैंकले जारी गरेको ऋणपत्रमा अपेक्षाभन्दा बढी आवेदन परेको माछापुच्छ्र्रै बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण