शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षीया छोरीलाई मोबाइलबाट टाढै बस्न भन्थे पिता, प्रेमीसँग मिलेर गरिन् हत्या

बुधबार, ०४ भदौ २०७६, ०८ : ०९
बुधबार, ०४ भदौ २०७६

भारतको जयपुरको विराटनगरको मेड गाउँका कपडा व्यापारीलाई उनकै १५ वर्षीया छोरीले प्रेमीसँग मिलेर चक्कुले घाँटी रेटी हत्या गरेकी छिन् । घटनालाई लुकाउनका लागि शवलाई बाथरुममा राखेर पेट्रोल हालेर आगोसमेत लगाइएको छ ।  

दुधमा मिसाएकी थिइन् निन्द्रा लाग्ने औषधीः

हत्या अघि छोरीले पिताको दुधमा निन्द्रा लाग्ने औषधी मिसाएकी थिइन् । त्यसपछि अबेर राती प्रेमीलाई घर बोलाएर हत्या गरिन् । छिमेकीले आगो लागेको बारे पुलिसलाई सूचना दिएपछि घटनाबारे पत्ता लागेको हो । घटनापछि प्रेमी त्यहाँबाट भाग्ने कोसिस गरिरहेको तर पुलिस पुगेपछि त्यसो गर्न नसकेको बताइन्छ । पुलिसले दुईजनालाई छुट्टा छुट्टै सोधपुछ गरेको थियो ।

छोरीको अचम्मित गरिदिने खुलासाः

सोधपुछको क्रममा १० कक्षामा पढ्ने उनलाई पिताले मोबाइल कम प्रयोग गर्न र पढाईमा ध्यान केन्द्रित गर्न सल्लाह दिने गरेको बताइन् । भारतीय मिडिया भास्करका अनुसार उनका पिता छोरीले केटा साथी बनाएको पनि रुष्ट थिए । उनले पछिल्ला थुप्रै दिनदेखि पिताको हत्या गर्ने मौका खोजिरहेको बताइन् । शनिबार आमा र भाइलाई ट्रेन चढाउन पिता बाहिर गएका बेला उनले निन्द्रा लाग्ने औषधी किनेकी थिइन् । रेलवे स्टेशनबाट पिता फिर्ता हुने बित्तिकै दुधमा निद्रा लाग्ने ६ वटा चक्की हालिन् । त्यसको केही समयपछि उनी बेहोस भए । पिता बेहोस भएपछि उनले प्रेमी प्रविणलाई आफ्नो घर बोलाइन् । दुई मिलेर चक्कुले घाँटी रेटेर हत्या गरे । त्यसपछि प्रमाण मेटाउनका लागि रगतले लत्पत्तिएको कपडा धोए र भुइँ सफा गरे ।

छोरीले तीन बोतल पेट्रोल खरिद गरिन्ः

हत्यालाई दुर्घटनाको रुप दिनका लागि बिहान छोरी बाहिर गइन् र तीन बोतल पेट्रोल खरिद गरेर पितालाई बाथरुममा राखेर करिब ७ बजे पेट्रोल छर्किन् र आगो लगाइदिइन् । घरबाट धुँवा निस्किएको देखेपछि छिमेकीले पुलिस कन्ट्रोललाई फोन गरे । घरमा जिउँदो मान्छे जलेको भन्ने सूचना पाएपछि पुलिस तत्काल घटनास्थल पुगे । आगो निभाएपछि पुलिसले सोधपुछ गरेलगत्तै शंका सुरु भयो । मृतकका अन्य आफन्तले बताए अनुसार एक हप्ताअघि मात्रै ती किशोरीका पिताले प्रविणलाई पनि छोरीबाट टाढा बस्न आदेश दिएका थिए । त्यतिबेला प्रेमीले अस्विकार गरेर आफूलाई जे मनलाग्छ त्यो गर्ने बताएका थिए ।

आफैंलाई घाइते बनाएः

हत्याका आरोपी प्रेमी प्रविणले पुलिसलाई छक्याउनका लागि आगलागी भइरहेका बेला आफ्नो हातमा पनि घाउ बनाएका थिए । यसो गरेर उनी किशोरीको पितालाई बचाउन चक्करमा आफूलाई पनि चोट लागेको भनेर देखाउन चाहन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप