के भूल भुलैया –२ मा देखिनेछन् अक्षय कुमार ? निर्देशकले दिए जानकारी
सन् २०१७ मा अक्षय कुमार र विद्या बालनको फिल्म भूल भुलैया रिलिज भएको थियो । यो एक कमेडी हरर फिल्म थियो । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । अब फिल्मको सिक्वेल बन्ने तयारी पूरा भइसकेको छ । भूल भुलैयाको सिक्वेलमा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन् ।
भारतीय मिडियासँगको कुराकानीमा फिल्मका निर्देशक अनिस बज्मीले फिल्ममा अक्षय कुमार हुने छन् वा छैनन् भनेर जानकारी दिएका छन् । फिल्मको पहिलो संस्करणमा अक्षय कुमारले आफ्नो कमेडीबाट दर्शकलाई निकै प्रभावित पारेका थिए ।
अनिस बज्मीले भने, ‘यसबारे अहिले नै भन्नु निकै हतार हुनेछ । तर यदि उनी फिल्ममा देखिए भने यसमा कुनै अचम्म मान्नु पर्दैन । यदि यस्तो भए म अत्यधिक खुसी हुने थिएँ ।’
स्मरण रहोस्, यी दुई कलाकारको सम्बन्ध निकै राम्रो छ । दुबैले यसअघि फिल्म वेलकम र सिंह इज किंगजस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण