‘जुवा खेलाउन दिनुपर्यो’ भन्दै पुलिसलाई घुस दिएपछि...
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि घुस दिन खोज्ने एकजना पुरुषलाई पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ः ३० बजे सिन्धुपाल्चोक, चौतारा घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षका गंगालाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गैरकानूनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा श्रेष्ठ केही समय अगागी पक्राउ परेका थिए । पक्राउ परेर कानुनी कारवाही भई छुटेपश्चात उनले जुवा खेलाउन सहज बनाई दिनुपर्यो भनि प्रहरीलाई घुस दिएको बुझिएको छ ।
श्रेष्ठले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टले घुस दिएका थिए । प्रहरी निरिक्षक विष्टलाई घुस बापत नगद रु चालिस हजार दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
बिष्टले आफुलाई घुस दिएको बारेमा कार्यालयमा जानकारी गराएपश्चात श्रेष्ठ र उनले दिएको नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी लगेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण