शाहरुख खानकी दिदीबारे थाहा नभएका निराशाजनक जीवन कथा यस्तो
शाहरुख खान लाइट, क्यामरा, एक्सनको चकाचौंधमा वर्षौंदेखि रमाइरहेका छन् । उनी चर्चामा रहेकाले पापाराजीले उनको परिवारलाई पनि निकै फलो गर्ने गर्दछ । शाहरुख खानले आफ्नो जीवनमा विभिन्न उतार–चढावको सामना गरे । उनी बलिउडका ‘सेल्फ मेड म्यान’ हुन् ।
शाहरुख खानका सन्तानको साना–तिना कुरा पनि समाचारको हेडलाइन बन्ने गर्दछ । तर उनको दिदीबारे कसैले पनि कुरा गर्दैनन् । हो, तपाईंले ठिक पढ्नुभयो । तपाईंमध्ये धेरैलाई थाहा नहोला कि शाहरुखका दिदी पनि छिन् । यदि तपाईंलाई थाहा छ भने पनि उनीबारे धेरैकुरा पक्कै थाहा छैन ।
अबराम, आर्यन, सुहाना र श्रीमती गौरीका साथै शाहरुख खानले आफ्नी दिदी शेहनाज लालारुख खानलाई अत्यधिक माया गर्छन् । तर उनी लाइमलाइटबाट टाढै बस्छिन् । वास्तवमा, उनी कुनैबेला डिप्रेशनको शिकार हुन् ।
शाहरुख खानले सानै उमेरमा आमाबुवा गुमाएको कुरा धेरैलाई थाहा छ । त्यतिबेलादेखि घरको सम्पूर्ण जिम्मेवारी भाइ शाहरुखको काँधमा आइलाग्यो । बुवाको मृत्यु भएलगत्तै उनकी दिदी डिप्रेसनकी रोगी भइन् ।
जीवन परिवर्तन गरिदिने रातः
बुवाको मृत शरिर देखेपछि उनी मुर्छा परिन् । बुवाको मृत्युले उनको मस्तिष्कमा ठूलै आघात पुर्यायो । उनी लगातार बिरामी हुन थालिन् । लगत्तै उनी डिप्रेशनमा परिन् । यी कुरा शाहरुख खान आफैंले एक अन्तर्वार्तामा खुलाएका थिए । उनका अनुसार उनकी दिदीले दुई वर्षसम्म डिप्रेशनसँग लडिन् । शाहरुखको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को सुटिङ गरिरहेका बेला दिदी पुनः डिप्रेशनमा पुगेको बताए । त्यसपछि उनले उपचारका लागि दिदीलाई स्विटजरल्याण्ड पुर्याए ।
उनको उपचार...
‘तुझे देखा तो ए जाना सनम’ को सुटिङ भइरहेको स्थानभन्दा केही पर उनको दिदीको उपचार भएको शाहरुख खानले सम्झिए । उपचारपश्चात् उनको स्थितीमा केही सुधार आयो तर उनी पूर्ण रुपमा निको हुन सकिनन् ।
यद्यपी, उनको स्थिती अहिले स्थिर छ, उनी लाइमलाइटबाट भने टाढै बस्न रुचाउँछिन् । त्यसकारण उनलाई कहिले पनि पार्टी र कार्यक्रममा देख्न पाइँदैन । यता शाहरुख खान भने एक असल श्रीमान् र बुवाका साथै जिम्मेवार भाइको भूमिका पनि निभाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण