युभेन्ट्सको सुखद सुरुवात
साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । शनिबार रातिदेखि सुरु भएको लिगको पहिलो खेलमा युभेन्ट्सले पार्मालाई १–० गोलले हरायो ।
युभेन्ट्सको कठिन जितमा रक्षक जर्जियो चियलिनीले गोल गरेका थिए । जर्जियोले २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गरेको गोलनै युभेन्ट्सका लागि निर्णायक बन्यो । रियलले सुरुवातमै गोल गरेपनि अन्य गोलथप्न सकेन । सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुईन र डग्लस कोस्टा लगायत स्टार खेलाडी उतारेको युभेन्ट्सले घरेलु टोली पार्मामाथि लगातार दबाब श्रृजना गरेको थियो । तर, रियलको लगातार प्रयासमा पार्माको रक्षापंक्ति बाधक बनेको थियो । सिजनको पहिलो जितसँगै युभेन्ट्सले तीन अंक जोडेको छ ।
सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको अर्को खेलमा नापोलीले फिओरेन्टिनालाई ४–३ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा नापोलीको जितमा डायर्स मर्टेन्सले ३८औं मिनेटमा गोल गरे । लोरेन्जो इनसिग्नेले पेनाल्टीमार्फत ४३औं र ६७औं मिनेटमा दुई गोल गरे । जोस कलेजोनले ५६औं मिनेटमा एक गोल गरेका थिए ।
घरेलु मैदानमा फिओरेन्टिनाका लागि इरिक पुल्गरले नवौं मिनेटमा सुरुवाती गोल गरेका थिए । निकोला मिलेनकोभिचले ५२औं र केभिन प्रिन्स बोयटेङले ६५औं मिनेटमा गोल गरेपनि फिओरेन्टिनाले हार टार्न सकेन । जितसँगै नापोलीले तीन अंक बनाएको छ । फिओरेन्टिनाले हारबाट सिजनको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण