मकाउको पाँचौँ प्रमुख प्रशासकमा ह यि छङ निर्वाचित
मकाउ- मकाउ बिशेष प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित भएका छन् ।
सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन् २००४ देखि २००९ सम्म मकाउको कार्यकारी परिषद्का सदस्यका रूपमा काम गरेका थिए भने सन् २०१३ र सन् २०१७ कोे अक्टोबरमा दुई पटकसम्म व्यवस्थापिका संसदको अध्यक्ष निर्वाचित भएका थिए ।
चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको उप प्रमुख र स्थायी समिति सदस्यसमेत बनेका उनले निर्वाचन लड्ने भएपछि स्थायी समितिबाट राजिनामा दिएका थिए ।
चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले आइतबार नै ह मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासक निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन “जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन“ र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताए ।
प्रवक्ता याङकाअनुसार, केन्द्रीय सरकारले निर्वाचनसम्बन्धी मकाउ विशेष प्रशासनिक क्षेत्रको प्रतिवेदन पाएपछि कानूनबमोजिम नियुक्तिको कार्यलाई कार्यान्वयन गरिनेछ । -सिन्ह्वा/photo: china daily
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण