जनकपुर यातायात कार्यालयमा कर्मचारीको मिलेमतोमा लाइसेन्स, २ दलाल पक्राउ
जनकपुर । जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा लाइसेन्स बनाइदिने दुई जना दलाल प्रहरी फन्दामा परेको छ ।
कर्मचारीको मिलोमतोमा सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने बताउने दुईजना दलाल पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–११ बस्ने २५ वर्षका जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षका पंकज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप विद्यालयको प्राङ्गणमा मोटरसाइकल लाइसेन्सको लागि ट्रायल परीक्षामा पास गराइदिने भन्दै धनुषाको मिथिला नगरपालिका–६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र धनुषाको सबैला नगरपालिका–१० बस्ने अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा दलालको काम गर्दै आएका जितेन्द्रलाई पक्राउ गरेको जिप्रका धनुषाले बताएको छ ।
जितेन्द्रको साथबाट ४० हजार रुपैयाँ नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात समेत बरामद गरेर ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
जितेन्द्रले १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने पंकजकुमार सिंहलाई १ लाख ५१ हजार रुपैयाँको एनआईसी बैंकको चेक दिएकाले उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जनाए ।
पछिल्लो समय प्रदेश नम्बर २ को सरकार मारहत आएपछी जनकपुर यातायात व्यवस्था कार्यालयमा बिचौलिया र कर्मचारीको सेटिङ्गमा पैसा लिएर लाइसेन्स बनाइदिने धन्दा उल्लेख्यरुपमा मौलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण