तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ
काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।
हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक १ हजार २ सय डलर तलब र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएका थिए ।
पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण