सीएनएनले प्रकाशित गरेको एशियाका सबैभन्दा सुन्दर १३ वस्तीको सूचीमा घान्द्रूक समावेश
एजेन्सी– सीएनएनले सार्वजनिक गरेको एसियाका सबैभन्दा सुन्दर वस्तीको सूचीमा धान्द्रूक सहर समावेश भएको छ । सुन्दर वस्तीको सूचिमा समावेश धान्द्रूकको परिचय दिदैं सीएनएनले लेखेको छ ,‘नेपालको हिमाली क्षेत्रमा रहेको पहाडि गाउँ घान्द्रूक समुन्द्र सतहभन्दा दुई हजार मिटरभन्दा उचाईमा छ । गाँउ पुग्ने विकल्प पैदलमार्ग मात्र हो र पोखराबाट पाँच घण्टा लामो पदयात्रामार्फत त्यहाँ पुग्न सकिन्छ । ’
घान्द्रूकका आकषर्णबारे सीएनएनले त्यहाँको परम्परागत चियाँ पसल, पहाडका चुचुराका मन्दिर, घोडसवारी र गुरुङ संस्कृति उल्लेख गरेको छ । घान्द्रूक गुरुङ वस्ती हो । त्यहाँ गुरुङ संस्कृति र जीवनशैली झल्काउने संग्राहलय पनि छ ।
विदेशी पर्यटकको लागि घान्द्रूकको अर्को आकर्षण हिमालहरु नजिकबाट अवलोकन गर्न पाइने अवसर हो । घान्द्रूकबाट अन्नपूर्ण, माच्छापुच्छ«े र हिमालचुली नामका उच्च शिखर एकदमै सफासँग नजिकबाट देखिन्छ ।
घान्द्रूकसँगै सीएनएनको सुन्दर एसियाली वस्तीको सूचिमा परेका चारवटा वस्ती युनेस्को विश्वा सम्पदा सूचिका सहर छन् । ती भियतनामको होई एन, जापानको युफईन, मलेशियाको जर्ज टाउन र फिलिपिन्सको सीटी अफ भिगन हुन् ।
ती बाहेक आध्यात्मको लागि चर्चित लाओसको लुआङ प्रबाङ, कम्बोडियाको तटवर्ती सहर कम्पोट, इण्डोनियाको कोता गिडे, श्रीलंकाको दक्षिणपश्चिमी तटवर्ती क्षेत्र गाल, नौ सय वर्ष पुरानो चिनियाँ सहर झोउझाङ पनि सूचिमा समावेश भएका छन् ।
‘एशियाको सबैभन्दा स्वच्छ गाँउ’ पनि भनिने भारतको मेघालयमा रहेको मावल्यान्नाङ गाउँ , हङकङ सहरको हरियाली क्षेत्र साई कुङ र समुन्द्री किनारको लागि विश्वमै चर्चित थाइल्याण्डको फुकेत पनि सुचिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण