नेदरल्यान्ड्सको हेगमा हुने अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुँदै
नेदरल्यान्ड्स– आगामी सेप्टेम्बर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर द हेगमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मेलामा नेपाल पनि सक्रिय सहभागी हुने भएको छ । एम्बेसी फेस्टिवल नाम दिइएको उक्त मेलामा नेपाललाई सहभागी गराउन नेपाली दूतावास सहित नेदरल्यान्ड्सका सबै संघ–संथाहरु जुटिरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुरप्रसाद शर्मा (मनोहरि)ले जानकारी दिए ।
मेलामा विशेषगरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन अभियान २०२० लाई सघाउ पुर्याउन उच्च महत्व दिइने नेपाली दूतावासले प्रस्ट पारेको छ । उक्त मेलामा नेपाली दूतावास, नेदरल्यान्ड्सका लागि जनरल कन्सुलेट, नेदरल्यान्ड्सका लागि पर्यटन दूतहरु, एन आरएनए अन्तर्राष्ट्रिय परिषद अन्तर्गतको संस्कृति तथा सम्पदा प्रवर्धन समिति, एनआरएनए राष्ट्रिय परिषद नेदरल्यान्ड्स, नेपाली जनसम्पर्क समिति, नेपाल समाज नेदरल्यान्ड्स, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास), हिमचुली कला समूह, अन्तराष्ट्रिय, नेपाली समाज लगायत नेदरल्यान्ड्समा रहेका अन्य विभिन्न सामाजिक ,सांस्कृतिक र व्यावसायिक संघ–संथाहरुको सामुहिक सहभागिता रहनेछ ।
विश्वको करिब ६७ भन्दा बढी देशको सहभागिता रहने उक्त मेलामा नेपाललाई चौथो पटक सहभागी गराउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण