शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु

मङ्गलबार, १७ भदौ २०७६, १३ : ३३
मङ्गलबार, १७ भदौ २०७६

लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।  यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । 
सो  डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन्  । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ । –सिन्ह्वा/photo: Los-Angels-Times

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप