क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु
मङ्गलबार, १७ भदौ २०७६, १३ : ३३
लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् ।
सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन् । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ । –सिन्ह्वा/photo: Los-Angels-Times
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण