बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्मार्टफोनको क्यामेरा युद्धमा आईफोन ११ पनि हामफाल्दै

सेप्टेम्बर १० मा सार्वजनिक हुने आईफोन ११ मा थपिने प्रमुख विशेषता
बुधबार, १८ भदौ २०७६, १३ : ४६
बुधबार, १८ भदौ २०७६

एजेन्सी । सेप्टेम्बर १० मा एप्पलले उसका नयाँ उत्पादनहरु सार्वजनिक गर्दैछ । मानिसको मुख्य ध्यान एप्पलको पहिचान बनेको आई–फोनका नयाँ संस्करणमा कस्ता कस्ता नयाँ विशेषता थपिने होला भन्नेमा केन्द्रीत छ ।  

अहिले इन्टरनेटमा धेरै सोधिखोजी हुने विषयमा आइफोन ११ का सम्भावित नयाँ विशेषता नै छन् ।  

र यही समयमा विभिन्न स्रोतलाई उल्लेख गर्दै आईफोन ११ मा थपिने प्रमुख विशेषताहरु अनलाइन समाचार साइटमा आइरहेका छन् ।  

यहाँ चर्चामा रहेका नयाँ विशेषतामध्ये चार सबैभन्दा महत्वपूर्ण विशेषता प्रस्तुत गरिएका छन् ।

वाइड–एङ्गल क्यामेरा:

आई–फोनको अघिल्लो संस्करणहरु आई–फोन एक्सआर र एक्सएस बजारमा आए यता हुवावे, गुगल र कैयन अन्य एन्ड्रोइड कम्पनीले आफ्ना स्मार्टफोनको क्यामेरामा निक्कै सुधार गरिसकेका छन् ।

आजकल ४८ मेगापिक्सेल र ६४ मेगापिक्सेल क्यामेरा त मध्यम मुल्यका मोबाइल फोनमै उपलब्ध छन् ।

एप्पलले पहिलेदेखि आफूलाई मेगापिक्सेल बढाउने खेलबाट अलग राख्दै आएको छ । तर इन्टरनेटमा लिक भएका सामग्रीका आधारमा क्यामेरामा महत्वपूर्ण सुधार हुने संकेत देखिन्छ ।

रिपोर्ट अनुसार, एप्पलको आइफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्सको पछाडि भागमा तीन वटा क्यामेरा हुनेछन् । तेस्रो सेन्सरले वाइड–एङ्गललाई सम्भव बनाउनेछ । एप्पलले आई–फोन ११ मा गर्ने अन्य सुधारमध्ये भिडियो सुटिङको स्तरोन्नती पनि एक हो ।

Slideshow by Business Insider

फेस आइडी छिटो खुल्ने:

एप्पलले आईफोन ११ फोनका फेस आइडीलाई तीव्र र राम्रो बनाउन काम गरिरहेको छ । विभिन्न रिपोर्ट अनुसार, नयाँ परिष्कारपछि आईफोनले न्युन प्रकाशमा पनि थप प्रभावकारिताका साथ फेस आईडीले काम गर्नेछ ।

नयाँ हुने परिष्कारमा फोन सिधा नुहँदा पनि प्रयोगकर्ताले फोनको लक  खोल्न सकिने बनाउन लागेको छ । यसका लागि कम्पनीले फोन सेटमा बहु–कोणीय सेन्सर समावेश गर्दैछ ।  

यो विशेषता गुगल पिक्सेल ४ मा आइसकेको छ । गुगलले आफ्नो पिक्सेल ४ लाई उल्टो पारेर समाउँदा पनि अनलक गर्न सकिने पुष्टि गरेको छ ।

रिभर्स चार्ज हुने:

वायरलेस चार्जिङ प्रविधि आएको वर्षौं भइसक्यो । सामसङ र हुवावेजस्ता ब्राण्डले पहिलेदेखि रिभर्स वायरलेस चार्जिङ प्रविधिको प्रयोग गरिरहेका छन् । यस प्रविधिले फोनलाई ‘चार्जिङ प्याड’मा बदलिदिन्छ । सामसङले ग्यालेक्सी एस–१० र नोट–१० फोनमा यो सुविधा दिएको छ । हुवावेले पनि उसको मेट २० सेटबाट यो सुविधा सुरु गरिसकेको छ । रिपोर्टहरुका अनुसार एप्पलका प्रयोगकर्ताले अब आईफोन ११ का सेटबाट तिनको एयरपड (बक्सको माध्यमबाट) चार्ज गर्न सक्छन् ।

पेन्सिलसहित आउनेछ नयाँ सेट:

एप्पलले यस पटकका आईफोनमा पेन्सिलको प्रयोग गर्न मिल्ने विशेषता थप्ने सम्भावना अत्यधिक छ । फोर्ब्स पत्रिकाको रिपोर्ट अनुसार, आइफोनका खोल बनाउनेले यही परिवर्तनलाई ध्यानमा राखेर खोल बनाइरहेका छन् । अधिकांश आइफोन ११ प्रोको खोल पेनसिल राख्ने भाग सहित निर्माण भइरहेका छन् । यो वर्षको सुरुमा सिटि रिसर्चले जारी गरेको रिपोर्टले पनि यो वर्ष सार्वजनिक हुने आइफोन फोनमा डिजिटल पेन्सिल हुने सम्भवना व्यक्त गरेको थियो । अहिले एप्पल पेन्सिलले आई–प्याडमा मात्र काम गर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप