शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सीता एयरका यी पाइलट, आकासमै इन्जिन फेल भएपनि सकुशल विमान अवतरण गराए

बुधबार, १८ भदौ २०७६, १४ : १७
बुधबार, १८ भदौ २०७६

काठमाडौं– सीता एयरको एक सिंगल इन्जिन जहाज बुधबार बिहान दुर्घटनाबाट जोगिएको छ । यो विमानको इन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगिएको हो । विमान उडाएका थिए–पाइलट भरत थापाले । 

 सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो । उडानमा चालक दलका सदस्य मात्रै रहेका थिए । थापा अनुभवी पाइलट मानिन्छन् । 

जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप