सीता एयरका यी पाइलट, आकासमै इन्जिन फेल भएपनि सकुशल विमान अवतरण गराए
बुधबार, १८ भदौ २०७६, १४ : १७
काठमाडौं– सीता एयरको एक सिंगल इन्जिन जहाज बुधबार बिहान दुर्घटनाबाट जोगिएको छ । यो विमानको इन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगिएको हो । विमान उडाएका थिए–पाइलट भरत थापाले ।
सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो । उडानमा चालक दलका सदस्य मात्रै रहेका थिए । थापा अनुभवी पाइलट मानिन्छन् ।
जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण