सबै कलाकार हातेमालो गरेर अगाडि बढ्नुपर्छ : अध्यक्ष खड्का
काठमाडौं – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले नयाँ पुराना सबै कलाकार एक भएर हिड्नु पर्ने बताएका छन् । संघमा मनोनित नव सदस्यहरुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा खड्काले सम्पूर्ण चलचित्रकर्मी एक हुन सकेमात्र जुनै पनि आवाज बुलन्द हुने बताए । उनले चलचित्रकर्मीलाई एक अर्काेको कुरा काटेर बस्नु भन्दा हातेमालो गरेर अगाडि बढ्न समेत सुझाए ।
कार्यक्रममा संघको विधान अनुसार मनोनित भएका संरक्षक वरिष्ठ अभिनेता नीर शाह, सल्लाहकार आजिवन सदस्यहरु दिनेश डिसी र मधुकुमार श्रेष्ठ, उपाध्यक्ष मोहन निरौला, सदश्यहरु बिशाल बिष्ट, आंचल शर्मा, रामेश्वर बुर्लाकोटी, कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा संचारकर्मी सूर्य चन्दलाई स्वागत तथा सम्मान गरिएको थियो
कार्यक्रममा अध्यक्ष खड्काले मनोनित सबै सदस्यलाई पद तथा गोपनियताको सपत समेत सुवाए । अभिनेता कृष्ण मल्ल, रमेश बुढाथोकी, अभिनेत्री बसुन्धरा भुसाल, संघको पुर्व अध्यक्ष नवल खड्का लगायत थुप्रै कलाकर्मी उपस्थित कार्यक्रममा भाद्र २३ गते पर्ने संघको स्थापना दिबस समेत बिभिन्न कार्यक्रम सहित भब्यरुपमा मनाउने निर्णाय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण