भारतमा पटाका कारखानामा विस्फोट: मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)
बिहीबार, १९ भदौ २०७६, १६ : २३
एजेन्सी– भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।
भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ । सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । –सिन्ह्वा /Photo: jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण