महेश भट्टको मृत्युको खबरमा छोरी पूजा भट्टको यस्तो बयान
नायिका एवं बलिउड फिल्म निर्देशक पूजा भट्टले पिता महेश भट्टको निधनको खबर खण्डन गरेका छन् । प्रमाणको रुपमा उनले महेश भट्टका दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी घरमा क्वालिटी समय बिताइरहेको देख्न सकिन्छ । वास्तवमा, सोसल मिडियामा महेश भट्टको हृदयघातका कारण मृत्यु भएको अफवाह फैलिएको थियो ।
उनी खतरनाक तरिकाले जीवनयापन गरिरहेका छन्ः पूजा
पूजा भट्टले इन्स्टाग्राममा लेखिन्, ‘अफवाह फैलाउने र मेरो बुवा महेश भट्टको हृदयघातका कारण मृत्यु भएको खबर सुनेर दुःखी भइरहेका मानिसहरुका लागि यो प्रमाण हो । उनी सधैं झैं खतरनाक तरिकाले जीवनयापन गरिरहेका छन् त्यो पनि रातो जुत्तामा ।’
यसरी उड्यो अफवाहः
शुक्रबार सिन्टा अफिसियल नामको ट्वीटर ह्यान्डलबाट महेश भट्टको निधनको सूचना दिइएको थियो । पोष्टमा एउटा फोटोसहित लेखिएको थियो, ‘श्रीमहेश भट्टको निधनमा सिन्टा गहिरो समवेदना व्यक्त गर्छ । ’ पोष्टमा भट्ट मार्च सन् १९८७ सम्म संस्थानको सदस्य थिए भनेर पनि लेखिएको छ । त्यसपछि उनको निधनको खबर सोसल मिडियामा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण