मण्डला थियटरमा मन्नू ‘महाभोज’
काठमाडौं– अनामनगरस्थित मण्डला नाटक घरमा विगत केही दिनदेखि नाटक ‘महाभोज’ मञ्चन भइरहेको छ । भारतमा निकै चर्चा कमाइसकेको यो नाटक राजनीति, भ्रष्टाचार र सर्वसाधारणको वरपर घुमेको छ ।
भारतीय नाटककार मन्नू भण्डारीको हिन्दी नाटक ‘महाभोज’ अनुवाद गेर यसलाई मञ्चन गरिएको हो । अनुप बरालको निर्देशन रहेको नाटकलाई विप्लव प्रतीकले अनुवाद गरेका हुन् ।

सन् १९३८ मा भारतको मध्ये प्रदेशमा जन्मेकी मन्नू भन्डारीले सन् १९७१ मा ‘महाभोज’ उपन्यास लेखेकी थिइन् । सोही उपन्यासमा आधारित रहेर पछि नाटक बनेको हो । नाटकमा अनुवादक विप्लव प्रतिकले पनि अभिनय गरिरेहका छन् । उनको अलवा नाटकमा राजन खतिवडा, सिर्जना सुब्बा, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशी लगायतका २६ कलाकारले अभिनय प्रस्तुत गरिरहेका छन् ।

गत १४ गते शनिबारबाट नियमित मञ्चन सुरु भएको नाटक सोमबार बाहेक हरेक दिन साँझ सभा पाँच बजे र शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि मञ्चन हुनेछ । महाभोज असोज १२ गतेसम्म मण्डला नाटक घरले जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण