चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा
काठमाडौं– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । पाकिस्तान भ्रमण सकाएर ६ः १५ बजे नेपाल आइपुगेका मन्त्री यी भदौं २४ स्वदेश फर्किने कार्यक्रम रहेको छ । अक्टोबरमा हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि उनी नेपाल आइपुगेका हुन् ।
राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा कुन कुन विषयमा छलफल गर्ने र सहमति गर्ने विषयको टुङ्गो लगाउनका लागि उनी नेपाल आएको बताइएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार मन्त्री यीले राष्ट्रपति सीको नेपाल भ्रमणका एजेण्डाहरुको विषयमा छलफल गर्नुका साथै त्यसलाई अन्तिम रुप दिएर फर्किने कार्यक्रम रहेको छ ।

उनलाई विमानस्थलमा स्वागत गर्नका लागि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी गएका थिए । द्वारिका होटलमा बस्ने मन्त्री यीले भोलीदेखि उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपालले चीनसँग बीआरआई सम्झौता, केरुङ–काठमाडौं रेलमार्ग लगायतको विषयमा छलफल हुने बताइएको छ ।
त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्री यीको नेपाल भ्रमण तेस्रो हो । उनको यो भ्रमण तीन वर्षपछि भइरहेको छ ।





तस्बिरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण